पर्सा प्रहरीद्वारा ६ लाख भन्दा बढीका चोरी पैठारीका विभिन्न मालसामानहरु बरामद ।

समाचार

रसीद आलम, बिरगंज ,८ असार ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टस पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार बिहिवार  राती ९:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६  रजतजयन्तीचोक स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्जतर्फ ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको अपरिचित व्यक्तिहरू आफ्ना मालबस्तुहरू छाडी भागी फरार भएकोमा उक्त सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त बरामद गरेको मालबस्तुहरूको मुल्य  रू. छ लाख बाह्र हजार पचास बराबरको मुल्यांकन गरि आजै आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *