जग्गा विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा।

समाचार

बारा,१५ कार्तिक ।बारा जिल्ला, महागढीमाई नगरपालिका-१, सेमरा तेगछिया नयाँ टोलमा बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। मिति २०८१/०७/१० गते साँझ ७:३० बजे पसलबाट घर जाँदै गरेका यादवलाई सडकखण्डमा टाउको र गर्दनमा प्रहार गरी हत्या गरिएको सूचना प्राप्त भएपछि बारा प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सोही ठाउँका ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई निजकै घरबाट पक्राउ गरिएको हो। जग्गा सम्बन्धी पुरानो विवादका कारण चौधरीले यादवको हत्या गरेको खुलेको छ। हत्यामा प्रयोग भएको २.५ इन्च चौडाई र १ फिट ७ इन्च लम्बाइ भएको फलामको खुकुरी मिति २०८१/०७/१५ गते चौधरीको घर पछाडि झाडीमा लुकाइएको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *