तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ

समाचार

रसीद आलम।

काठमाडौं, १३ पुस

प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।उक्त सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *