सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र द्घारा विरगंज आधारभुत विधालयका विद्यार्थीहरुलाई स्विटर तथा पोशाक वितरण कार्यक्रम।

समाचार
बिरगंज,१३ पुस ।रसीद आलम। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छपकैया सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र द्घारा विरगंज महानगरपालिका आधारभुत विधालयका छात्र तथा छात्राहरुलाई न्यानो स्विटर तथा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
उक्त कार्यक्रममा छात्र छात्राहरुलाई जाडोबाट जोगाउन न्यानो स्विटर र बिधालयमा लगाउने पोशाक वितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइले जानकारी दिएका छन ।
विरगंज महानगरपालिकाका नगर प्रमुख श्री राजेश मान सिंहको प्रमुख आतिथ्यमा तथा उप प्रमुख श्री इम्तियाज आलमको विशिष्ठ आतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षतामा आयोजना गरिएको थियो भने अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, शस्त्रप्रहरी निरिक्षक तिर्थराज न्यौपाने, वाड न.३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार,अब्दुल कैस लगायतका सहभागिता रहेको थियो ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *