बारा प्रहरीद्वारा २६२ किलो ग्राम अबैध गाँजा सहित भारतीय ट्रक पक्राउ।

समाचार

रसीद आलम, बारा,१६ असार ।

बारा प्रहरीले २६२ किलो ग्राम अबैध गाँजा सहित एक भारतीय ट्रक बिहीबार  पक्राउ गरेको जनाएको छ।

मकवानपुरबाट बीरगंज तर्फ गई रहेको भारतिय नम्बर प्लेटको ट्रकमा फल्स बटम बनाई ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा लुकाई छिपाई ल्याई रहको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय  सिमरा र प्रहरी चौकी  पथलैयाबाट खटिएको सन्युक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ७ स्थित जितपुर विरगंज सडक खण्डबाट भारतिय BR-25 GA, 1458 नम्वरको गाडीबाट लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा २६२ किलो ग्राम बरामद गरेको बारा प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जनाएका छन् ।

उक्त भारतीय नम्बरको गाडी तथा बरामद प्रतिबन्धित लागू औषध गाँजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको तथा फरार सवारी चालक  र धनीको खोजतलास कार्य भई रहेको प्रवक्ता पाण्डेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *