पूर्ण छात्रवृतिका लागी ज्ञानदा एकेडेमीले लियो १ हजार भन्दा बढि विद्यार्थीको छात्रवृत्ति परीक्षा।

समाचार

बिरगंज ,१७ असार ।

वीरगञ्जको ज्ञानदा एकेडेमीले कक्षा ११ का लागि शनिबार पूर्ण छात्रवृत्ति परीक्षा लिएको छ ।

नयाँ शैक्षिक सत्रका लागि एसइई दिइसकेका र ज्ञानदा एकेडेमीमा भर्ना भएर कक्षा ११ पढ्ने इच्छुक विद्यार्थीहरूका लागि एकेडेमीले शनिवार छात्रवृत्ति परीक्षा लिएको हो ।

परीक्षामा एक हजारभन्दा बढी विद्यार्थीले भाग लिएको एकेडेमीले जनाएको छ । ‘सम्भवतः वीरगञ्जको इतिहासमा पहिलो पटक एकै पटक कक्षा ११ मा भर्ना हुनका निमित्त यत्रो सङ्ख्यामा विद्यार्थीहरूले छात्रवृत्ति परीक्षा दिएका छन्,’ एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले भने, ‘परीक्षामा पर्सा, बारा, रौतहट लगायत देशका विभिन्न जिल्लाबाट आएका १ हजार विद्यार्थी सहभागी थिए ।

विज्ञान र व्यवस्थापन सङ्काय पठनपाठन हुने एकेडेमीले परीक्षामा सहभागीहरूबाट पाँच जना छात्र र पाँच जना छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कोइरालाले बताए । परीक्षामा विद्यार्थीसँगै उनीहरूका अभिभावकले समेत देखाएको उत्साहजनक सहभागिताका लागी पनि उनले आभार प्रकट गरे ।

कोइरालाले प्रत्येक वर्ष यस्तो छात्रवृत्ति परीक्षा आयोजना गर्दै जाने एकेडेमीको योजना रहेको बताए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *