बिरगंजमा ५९ लाखभन्दा बढीका विल बिजक संकास्पद रहेका माल-सामानहरु सहित एक ट्रक पर्सा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम, बिरगंज ,२० असार ।

बिल बिजक भन्दा बढी स्टेशनरीका  सामानहरु लोड रहेको एक ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिल विजक भन्दा बढी स्टेशनरीका सामनहरु बोकेको माल बाहक ट्रक ड्राईपोर्टबाट वीरगञ्जतर्फ आईरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलवार साझ ४:३०मा वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा चोक स्थित सडकखण्डबाट ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको स्टेशनरीका समानहरुको मुल्य रू.५९ लाख ८३ हजार बयालीस बराबरको  मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *