सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा ट्रक पक्राउ ।

समाचार

रसीद आलम,वीरगंज, ९  साउन ।

सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा आज बिहान ३:४५ बजेको समयमा बिरगंज महानगरपालिका – ८ घण्टाघर स्थित सडक खण्डबाट बिरगंजबाट पोखरातर्फ जादै गरेको ना.४ख २६४१ नम्बरको ट्रक सप्रनाउ(डिएसपी ) राम जंग पाण्डेको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

किराना सामानहरु रहेको उक्त ट्रकमा बिलबिजकमा मुल्य रु.३१,७३,४२५/- (भ्याट सहित) बराबरको उल्लेख भएको बिल बिजक भन्दा बढी र फरक सामान भएको आशंकामा सामानहरु सहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक अनुसन्धान र कारर्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाईएको  गुल्मले जानकारी गराएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *