सुन तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राजनीति समाचार

काठमाडौं, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो १ बजेर ५० मिनेटमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।

प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् ।

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिसभामा दर्ता गराएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *