पर्सामा लागु औषधसहित दुई जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२७ साउन ।

पर्सामा लागु औषध सहित एक १६ बर्षीय किशोर र एक जना ब्यक्ति गरि दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।

ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुर वर्णमाला स्कुल नजिक सडक खण्डमा प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको सन्युक्त प्रहरी चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजार तर्फ आउदै गरेका ठोरी गा.पा.वडा नं.३ बस्ने वर्ष १९ को सचिन लामालाई चेकजाँच गर्दा बोकेको कपडाको झोलाबाट प्रतिबन्धित लागू औषध NITRAVET-10 लेखिएको NITRAZEPAM TABLETS २० पत्तामा प्रति पत्ता १५ का दरले ३ सय र १ पत्तामा १४ गरी जम्मा ३१४ पिस ट्याव्लेट फेला परेकोले निजलाई सो प्रतिबन्धित लागु औषध सहित पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी गराएको छ।

सोही क्रममा १६ बर्षीय किशोरलाई चेकजाँच गर्दा निजले लगाएको लेदर ज्याकेटको दाहिने गोजीमा कालो प्लाष्टिकको पोकामा बेरिएको अवस्थामा लागू औषध गाँजा ५० ग्राम फेला  फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिइ दुबै जनाहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *