सशस्त्र प्रहरी पर्साद्वारा रु. ३ लाख १५ हजार  बराबरका सामान र सवारी साधन भन्सारमा दाखिला

समाचार

पर्सा, २९ असोज ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले भन्सार छली नेपाल भित्र्याउन लागिएका विभिन्न सामान तथा सवारी साधन नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार, वीरगञ्ज महानगरपालिका–१४, गण्डकचोक नजिक भारतबाट अबैध रूपमा ल्याउँदै गरेको रु. २,९५,१४५ बराबरको सामान र BR22N 1080 नम्बरको मोटरसाइकल फेला परेको थियो। चालक मोटरसाइकल छोडी फरार भएको र नियन्त्रणमा लिइएका सामानहरू आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

त्यसैगरी, गण मातहतको अमरपट्टी सीमा सुरक्षा चौकी (बीओपी) बाट खटिएको अर्को टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टी नजिक भारतबाट अबैध रूपमा ल्याउँदै गरेको रु. २०,००० बराबरको कम्प्युटर मोनिटर समेत नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली, तस्करी र अवैध सामान प्रवेशविरुद्धको कारबाहीलाई थप कडा बनाउँदै नियमित निगरानी जारी राखेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *