राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसुची

समाचार

काठमाडौं, २६ साउन । राष्ट्रियसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

 

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संबिधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेश गर्नेछिन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *