रसीद आलम , बिरगंज ,२९ असोज।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
(Advrts)
विशेष सूचनाको आधारमा असोज २७ मा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ गिरिजा चोकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका काजु-१२ डिब्बा १२० के.जी., मैदा-९८ के.जी., चिनी-३२ के.जी., ललिपप चक्लेट-२४ के.जी. तिलौरी पापड-२० के.जी.,केराउ-२४ के.जी.,Snacker चक्लेट-७ कार्टुन ( ५४ प्याकेट ),सुर्ती-३२ के.जी. ,सर्ट थान कपडा-१०२० मिटर,पार्दा रेडिमेट-७७ पिस,कुसुन कभर-१०५ पिस र कुर्ता सुरवाल-१४ पिस सार्वजनिक भाडाको अटोमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
(Advrts)
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ मालबस्तुहरू छाडी फरार भएको हुँदा उक्त सामानहरु नियन्त्रणमा लिई रू ५ लाख ८९ हजार ५ सय ९० बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जनाए।