मुकेश भन्ने व्यक्तिले लुकाई छिपाई राखेको करीव १५ लाख बराबरको चोरीपैठारीको सामान पक्राउ: सशस्त्र प्रहरी बल पर्सा ।

समाचार

बिरगंज ,२९ असोज।

पर्साको बीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट असोज २८ गते करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।

(Advrts)

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको नेतृत्वमा बिरगंज-१६ बस्ने समिम मियाको घर भाडामा लिई मुकेश भन्ने व्यक्तिले लुकाई छिपाई राखेको उल्लेखित मुल्यको लत्ताकपडा, हार्डवेयर तथा मोटर पार्ट्स बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठले जनाएका छन्  ।

बरामद सामानहरु बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *