बारा:अबैध तस्करीको धान सहित मोटरसाइकल नियन्त्रणमा,अबैध LED पनि बरामद:बारा प्रहरी ।

समाचार

रसीद आलम,बारा,३० असोज।

बाराको विश्रामपुर गाउपालिकाबाट अबैध ५५ बोरा धान सहित ४वटा मोटरसाइकल नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

असोज २९ मा ३:०० बजेको समयमा बाराको विश्रामपुर गा.पा. वडा नं. ०१ बटम चौक नजिक  दशगाजास्थित विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ४ वटा मोटरसाइकलहरुमा १२ बोरा धान लोड रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

प्रहरीलाई देखि सो मोटरसाइकल छाडि तस्करहरु फरार रहेको र चेकजाँचको क्रममा ५५ बोरा धान बरामद भएकोले मोटरसाइकल र तस्करीको धानलाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जानकारी गराएको छ।

पक्राउ परेको BR05K9923,BR05AE6229,BR05AV6035,ना २०प १९५० नम्बरको मोटरसाइकलहरु तथा ५५ बोरा धानको रु.३ लाख ५० हजार मुल्यांकन गरि आवश्यक  कारवाहीको लागि भन्सार कार्यालय, विरगंज बुझाइएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन्।

त्यस्तै ,जिल्ला प्रहरी कार्यालय बाराको अनुसार असोज २८ गते दिउसो ४:०० बजेको समयमा बाराको कलैया उ.म.न.पा. वडा नं. १० बाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट कलैयातर्फ जाँदै गरेको ना २ ह ५२३६ नम्बरको अटोलाई रोकि चेक जाँच गर्दा १० थान अबैध LED(SKY LIFE LED) बिल भर्पाई नभएकोले LED सहित अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैइरहेको डिएसपी न्यौपानेले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *