बारा,११ कार्तिक ।
सशस्त्र प्रहरी वल बारा बिओपी बरैनियाले आफ्नो जिम्मेवारी क्षेत्र भित्र कार्तिक महिनाको पहिलो साता सम्म भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न किराना सामनहरु, कपडा ,कुखुरा २०० केजि, सुजि लगायतका सामाग्री रु.५ लाख बराबरको बरामद गरेको जनाएको छ।
बिओपी बरैनियाका तुलनात्मक तथ्याङ्क अनुसार आ.ब.२०८०/०८१को साउनमा रु.१९ लाख ४५ हजार १ सय ५५,भाद्रमा रु.७८ हजार ९ सय ७८,असोजमा रु.७ लाख २२ हजार ३ सय ४० र कार्तिक महीनाको हालसम्म ५ लाखको अबैध चोरी निकासी पैठारीका सामानहरु बरामद गरि भन्सार दाखिला गरेको बिओपीले जनाएका छन् ।
बिओपी बरैनियाको बिओपी पति सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले ” यो भन्दा पनि थप कडाइका साथ तस्करीहरु नियन्त्रण गरि भन्सार छली अवैध चोरी निकासी, पैठारीको विभिन्न सामानहरु भारी मात्रामा बरामद गरि भन्सार दाखिला गर्ने र नेपाल सरकारको राजस्व वृद्धिमा सकेसम्म सहयोग गर्ने” प्रतिबद्धता जनाएका छन् ।