ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्करका मानव सेवा समर्पित सरहानिय कार्य।(भिडियो सहित)

समाचार

रसीद आलम,बिरगंज ,१७ कार्तिक ।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले एक ७५ वर्षीय वृद्धलाई रक्तदान गरि नयाँ जिवनदान दिने प्रयास गरेका छन् ।

रौतहटका फतुवा बिजयपुर न.पा. ३ निवासी वर्ष ७५ को शिव गुलाम बैठाले जीवन मृत्युसंग लडिरहेको बेला प्रहरी निरीक्षक भाष्करले डिउटीकै समयमा सहयोग गरि मानव सेवा समर्पित सरहानिय कार्य गरेका समाजसेवी हाजी ग्यासुदिन ठकुराईले बताए ।

तराई अस्पतालमा भर्ना गरिएका बैठालाई शरीरमा रगतको कमि भइ एनिमिया भएको तथा निजको बल्ड ग्रुप दुर्लभ बल्ड ग्रुप बि नेगेटिभ रहेकाले मिल्न धेरै गाह्रो भएको बेला डिउटिमा रहेका ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडाले आफ्नो दुर्लभ बि नेगेटिभ रगत दिई नयाँ जिन्दगी दिएको वृद्धका आफन्तले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *