संकास्पद बिल बिजक रहेको ट्रक पक्राउ :पर्सा प्रहरी ।

समाचार

रसीद आलम,बिरगंज ,१९ कार्तिक ।

संकास्पद बिल बिजक रहेको तथा बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार कार्तिक १८ गते ११:०० बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवापोखरी चोकस्थित सडकखण्डमा ना.३ ख ९३२ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

रू.२४ लाख ४६ हजार ५ सय ३५ बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *