रसीद आलम,बारा,२६ कार्तिक ।
बारा प्रहरीले १ करोड ५० लाख भन्दा बढीका हार्डवेयरका विभिन्न सामानसहित ४ वटा भारतीय ट्रक पक्राउ गरेको जनाएको छ।
कार्तिक २४ गते राति ११:५० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगंजमा भारतीय ट्रकहरू लाई रोकि चेक जाँच गर्दा बिल बिजक भन्दा बढि सामान लोड रहेको तथा बिल बिजक सन्कास्पद रहेको हुँदा ट्रकहरुलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाएका छन् ।
नियन्त्रणमा लिएका ट्रकहरु PB 13BD 9188,HR 45 C9680,WB 23 C2873 र WB 03 D2516 रहेको तथा सो ट्रकहरुबाट PP HOM RAFFIA नामक हार्डवेयरको सामानहरू र DI FITTING नामक हार्डवेयरको सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
रू.१ करोड ६४ लाख ४८ हजार ५ सय ८ रूपैया बराबरको सो पक्राउ गरेको हार्डवेयरका सामानहरुको अन्दाजी बजार मुल्य रहेको तथा उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको डिएसपी न्यौपानेले बताए ।