काठमाडौं प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

समाचार

काठमाडौं, ७ मंसिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका छन् ।

 

नियमित जस्तो हुने गरेको माइतीघरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा जारी गरेपछि युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानले बल्खुमा कार्यक्रम गर्दैछन् ।

सुरक्षा निकायका अनुसार जुलुस आउने बाटो र कार्यक्रम स्थलमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् भने काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भइरहेका छन । जसका लागि उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

 

प्रहरीका अनुसार ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *