जापानमा बिमान जल्दा पाँचजनाको मृत्यु

बिदेश समाचार

टोकियो, १८ पुस । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो ।

अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ ।

सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको फुटेजहरूमा सो बिमानमा एयरबस ए ३५० लाई मा रहेका यात्रुहरू भागिरहेको र तर्सिरहेको देखिएका थिए ।

 

उत्तरी जापानको होक्काइडोबाट उडेको जापान एयरलाइन्सको उक्त विमानमा आगलागी भए पछि भुकम्पको त्रासमा रहेको जापानलाइ थप दुःखद समाचार बन्न पुगेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *