पर्सा प्रहरीका एक नयाँ अभियान ,हर पहर हर गाउँ र नगरीको टोल टोलमा नेपाल प्रहरी।

समाचार

पर्सा,२९ पुस।

पर्सा प्रहरीले पर्सेली जनताको जिउ धनको रक्षा,अमन चयन शान्ति सुरक्षा कायम गर्ने तथा तस्करी नियन्त्रण गर्ने उदेश्यले हर पहर हर गाउँ र नगरीको टोल टोलमा नेपाल प्रहरीको उपस्थिति रहने गरि एउटा नयाँ अभियान संचालन गरेको छ।जसअनुसार पर्साको ग्रामीण क्षेत्रमा पर्सा प्रहरीले पैदल गस्तीको शुरुआत गरेका छन् ।

 

” हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी “को उदेश्य अनुरुप शुक्रबार बिहान १०:०० बजे देखि प्रहरी वरिष्ठ हवल्दार राजनेत प्रसाद यादवको कमाण्डमा ७ जनाको पैदल गस्ती टोली जिल्ला प्रहरी कार्यालय पर्सा मातहत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको कमान्डमा इ.प्र.का.सेढ्वाबाट शुरु भई सेढ्वा, जगतीया ,बलुवा ,पकरी टोल ,महादेवपट्टी , पिडारीगुठी हुदै स्थानिय टोल टोल घुम्दै सुरक्षा अवस्था , चुनौती , समस्या पहिचान गर्दै आम जनसमुदायमा अमन चयनको अनुभुती भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जनाएका छन् ।

सो पैदल गस्ती टोलीको बेलुका बसाई प्रहरी चौकी  पाण्डेपुरमा रहेको थियोे र राती विश्राम पछी पुन: शनिबार बिहान ७:०० बजे देखि पाँडेपुर, जमुनिया, खिलचरी, जग्गरनाथपुर, सुपौली, मोडटोला, शन्करशरैया, सखुवनिया, हरैया, सहजानपुर, नवकाटोलासम्म पैदल गस्ती गरेका छन् । बेलुका अन्दाजी ५ बजे ई.प्र.का. सेढ्वा आई गस्ती टोलिले गस्ती अवधी भरको नागरीकको सल्लाह, सुझाव , सुरक्षा सम्बन्धी चुनौती र समस्याबारे जानकरी गराएको प्रहरी निरीक्षक केशरीले बताए ।

यो गस्ती निरन्तर पर्साका ग्रामीण भेगमा रहने प्रतिबद्धता प्रहरी निरीक्षक केशरीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *