बारा:८ लाख बराबरको लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ।

समाचार

रसीद आलम,बारा, १४ माघ ।

बाराकाे महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिरस्थित सडकबाट रु.८ लाख १६ हजार बराबरको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका-७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, प्रहरी चौकी बरियारपुर र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

नियन्त्रणमा लिएको यादवलाई बारा जिल्ला अदालत कलैयाबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपाने जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *