बिरगंज ,१८ माघ।
पर्सा प्रहरीले भारी मात्रामा गाँजा खेती फँडानी गरेको छ।
जिराभवानी गा.पा. वडा नं. ३ स्थित सहजानपुरमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको १ कठ्ठामा एक हजार पचास गाँजाको बोट फडानी तथा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा बुधबार प्रहरी टोलि परिचालित गरि सो अबैध गाँजा खेती फँडानी गरेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले बताएका छन् ।साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने प्रतिबद्धता समेत जनाएका छन् ।