७८ जना प्रहरी उपरीक्षकको सरूवा ,एसपी कुमोध ढुंगेलको पर्सामा।

समाचार

बिरगंज ,२ फागुन ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सरुवाको निर्णय गरेका स्रोतले जनाएको छ।

काठमाडौं परिसरमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएका एसपी कुमोध ढुंगेल नेपाल प्रहरीमा एक कुशल प्रशासककाे भुमिका निर्वाह गरेका प्रमुख अधिकृत मध्ये एक हुन।विभिन्न चरणका अनुसन्धानहरू सफलतापुर्ण ढंगले गरेका छन।उनि पेशाप्रति निष्ठावान,लगनशील, इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल, स्वस्थ छवि भएका अधिकृत हुन।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *