उखुबारीमा आगो लगाउँदै थिए, आफैं जलेर बिते

समाचार

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बारा, १ फागुन- उखुबारीमा जलेर एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरी रहेका छन्।

 

आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *