पर्सा: १६ लाख भन्दा बढीका समान लोड रहेको मालवाहक मिनीट्रक पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,१५ फागुन ।

बिल बिजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड रहेको मालवाहक मिनीट्रकलाई पर्सा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।

फागुन १५ गते राती १:३० बजे बिल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू बोकेको माल बाहक मिनीट्रक वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको सूचनाको आधारमा खटिएका पर्सा प्रहरीका टोलिले वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली चोक स्थित सडकखण्डमा १६ लाख ७४ हजार ४ सय पाँच रुपैयाँ बराबरको खुद्रा समान तथा औषधीहरू लोड रहेको बाग्मती प्रदेश ०३-००१ख ०३३० नम्बरको मालवाहक मिनीट्रकलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ।

चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी खुद्रा तथा औषधीहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा मिनि ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका  छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *