रसीद आलम,पर्सा,२० फागुन ।
बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेको एउटा ट्रक र एक भारतीय पिकअप पर्सा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
फागुन १८ गते साझ ५:३० बजेको समयमा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक आईसिपीबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
बिआर २२ जिए ४९१६ नम्बरको भारतीय पिकअप र ना.४ ख ९८७ नम्बरको मिनी ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढीका किताब तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका छन् ।
पक्राउ गरिएको किताब तथा कपडाहरूको १ करोड ४२ लाख ७८ हजार १ सय २० रुपैयाँ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि फागुन २० मा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए ।