रसीद आलम,बिरगंज ,२३ फागुन ।
सशस्त्र प्रहरीहरुको स्वास्थ्य उपचारमा विशेष छुट दिन सशस्त्र प्रहरी बल पर्साले प्रभु हस्पिटल तथा एभरेस्ट दन्त सेवा केद्रसंग द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
वीरगंज महानगरपालिका वडा नं. ८ पानी ट्याङ्की स्थित रहेको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र सशस्त्र प्रहरी बल पर्साबीच स्वास्थ्य उपचार सेवामा राष्ट्र सेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारी, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरु समेतलाई बिभिन्न उपचार सेवामा छुट्टा छुट्टै निश्चित १५ देखि २० प्रतिशत सम्मको छुट सुविधा उपलब्ध गराउने द्बिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी )किसन कर्माचार्य र प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ताले हस्ताक्षर गरेका छन् ।
त्यसैगरि सशस्त्र प्रहरी बल पर्सा र बिरगंज महानगरपालिका वडा नम्बर ८ लिङ्क रोड स्थित एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि. बीच मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरुलाई ओपिडी लगाएत फार्मेसीमा ३५ प्रतिशत सम्म छुट सुबिधा उपलब्ध गराउने द्बिपक्षिय सम्झौता भएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी )सङ्गम श्रेष्ठले बताएका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अस्पतालकी सञ्चालिका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा लगायतको उपस्थितीमा द्विपक्षिय सम्झौता भएको हो।