सशस्त्र प्रहरी बाराद्वारा लागु औषध सहित एक भारतीय युवक पक्राउ।

समाचार

बारा,२३,फागुन ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनिया मातहत एफओबी छतवाका टोलिले लागु औषध ओनरेक्स २३२ बोतल सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका जिल्ला मोतिहारी पूर्वी चम्पारण हरपुर ग्राम पन्चायत वडा नं.२ हरपुर बस्ने महेन्द्र कुमार साहको छोरा अन्दाजि बर्ष २२ को सोनु कुमार साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

बुधबार बिहान् ५ बजेको समयमा बाराको बिश्रामपुर गा.पा.-१ बंगरी खोला सीमा ईलाकामा बि.ओ.पि. बरैनिया मातहत एफओबी छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएका टोलिले झोलामा लुकाईछिपाई भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागु औषध सहित साहलाई नियन्त्रणमा लिईएको बि.ओ.पि. बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *