रसीद आलम,मधेस प्रदेश ,१३ चैत ।
मधेस प्रदेशको सिमानाकामा सशस्त्र प्रहरी बल नेपाल र एसएसबि भारतले एक आपसमा भातृत्व तथा सद्भाव कायम राख्न रंगको महापर्व होलि सन्युक्त रूपमा मनाएका छन् ।
जनकपुरधामकाे परम्परा अनुसार १५ दिनकाे परिक्रमाकाे समापन पश्चात् आज हाेलिकाे उत्सव मनाईदैछ यहि अवसरमा सशस्त्र प्रहरी बलले धनुषाकाे सिमावर्ति ईलाकामा खटिएका आफ्ना सशस्त्र प्रहरी कर्मचारी , समकक्षी भारतीय सिमा सुरक्षा बल (सशस्त्र सिमा वल भारत) , स्थानीयवासि र जन प्रतिनिधिसंग हाेलिकाे शुभकामना आदन प्रदान गर्न दस गजामा कार्यक्रम राखेकाे सशस्त्र प्रहरी बल मधेस प्रदेशले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा उपस्थित सशस्त्र प्रहरी नायव महननिरीक्षक दीपेन्द्र शाहले हाेलीकाे महत्व प्रकाश पार्दै संगठनका तल्लाे दर्जाका कर्मचारि लामाे समय सम्म परिवारबाट टाढा रहेने र सदैव चुनैतिपुर्ण जिम्मेवारी क्षेत्रमा तैनाथ रहनु पर्ने भएकाले आफ्ना कर्मचारिहरुको मनोबल बढाउन तथा शुभकामना दिन स्वयं उपस्थित भएकाे बताए।
साेहि अवसरमा उपस्थित भारतिय समकक्षी एसएसविका कमाण्डेन्ट गाेविन्द भण्डारीले एस एस बिका अधिकृत, जवान तथा सर्वसाधरणलाई समेत शुभकामना दिएका थिए।
नायव महानिरीक्षक शाहले यस्ताे कार्यक्रमले भातृत्वकाे विकास हुनका साथै सिमा अपराध नियन्त्रणमा सहयाेग पुग्ने विश्वास ब्यक्त गरे। एस एस विका कमाण्न्डेन्ट भण्डारिले कार्यक्रमा निमन्त्रणा गरेकाेमा धन्यवाद ब्यक्त गर्दै दुवै पक्षकाे सहकार्यकाे अपरिहार्य रहेको ब्यक्त गरेका थिए ।

कार्यक्रमकाे महत्ववारेमा प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल न .८ धनुषाका गणपति एसपी दर्शन गिरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहकाे उपस्थितिले चुनैतिपुर्ण स्थानमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीकाे हौसला बढनुको साथै देश र जनताकाे हितमा काम गर्न स्थानीय र समकक्षीसंग सहकार्य गर्न प्रेणा मिलेकाे बताए ।
स्थानीयहरुले यस किसिमकाे कार्यक्रम पहिलाे पटक भएकाे र यसले सिमा सुरक्षामा सराेकार राख्ने सम्पुर्ण पक्षलाई एउटै स्थानमा ल्याउनका साथै सिमावर्ति क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न तथा संस्कृतिकाे संरक्षणमा याेगदान पुग्ने वताएका थिए।

