विश्व शान्तिका लागि नेपालमै पहिलो पटक रिद्धिसिद्धि गणेश महायज्ञ

जीवनशैली समाचार

 

सप्तरी, २० फागुन

राजविराज नगरपालिका वडा नम्बर १३ मा श्री १०८ श्री रिद्धिसिद्धि गणेश महायज्ञको मंगलबारदेखि सुरु भएको छ ।

विश्व कल्याणका लागि नेपालमै प्रथम पटक महायज्ञ सुरु भएको मूल आयोजक समितिको संयोजक योगेन्द्र देवले बताएका छन् । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ २४ गतेसम्म चल्ने छ । महायज्ञमा ४० देखि ५० लाखसम्म खर्च हुने आयोजकको भनाई छ ।

महायज्ञमा नेपाल भारतको एक दर्जन पण्डितहरू सहभागी रहेका छन् । महायज्ञको पहिलो दिन करिब दुईसय महिला तथा बालिकाले कलश भरेर यज्ञ स्थलमा राखेका छन् । आफूले भरेको कलशको दिनहुँ पुजा गर्दैआएका छन् ।

सोही वडामा गणेश मन्दिरमा गणेशको मुर्ति स्थापना गरेपछि विश्व शान्ति गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको स्थानीय भैरव चौधरीले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *