हप्ता नबित्दै डिएसपी रिजालको कमान्डमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजद्वारा १० लाखको अबैध समान पक्राउ

समाचार

रसीद आलम,बिरगंज,१४ चैत ।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी ) सुरज रिजालको कमान्डमा भारतबाट तस्करी गरि नेपाल भित्र्याएका भन्सार छलिएका करिब रु.१० लाख बराबरको विभिन्न समानहरु पक्राउ गरेको छ।

 

सशस्त्र प्रहरी मुख्यालय काठमाडौबाट बिरगंज गुल्मको गुल्मपति भएर आएका डिएसपी रिजालले कमान्ड  सम्भालेका एक हप्ता भित्र नै चैत ९ गते मा रु.१ लाख ७४ हजार ३ सय ६० बराबरको कपडा , किराना तथा कस्मेटिक समानहरु, चैत ११ गते १ लाख ७७ हजार १ सय ९५ रुपैयाँ बराबरको कपडा , किराना तथा कस्मेटिक समानहरु ,चैत १३ गते २ लाख बराबरको ड्रोन क्यामारा ,चैत १४ मा १ लाख ४४ हजार रुपैयाँ बराबरको पैठारीका कुर्ताहरु पक्राउ गरिएको हो।

 

डिएसपी रिजालको कमान्डमा खटिएका सशस्त्र प्रहरी टोलीले भन्सारको मुलगेटबाट नै चेकजाँचको क्रममा सो परिमाणको तस्करीका समानहरु बरामद गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।करिब अन्दाजी बजार मुल्य रु.३ लाख बराबरको पैठारीका समानहरु भन्सार बुझाउने प्रक्रियामा रहेको छ।

त्यस्तै,गुल्मले रु ८७ हजार ५ सय बराबरको प्रतिबन्धित भारतीय कुखुरा बरामद गरि नष्ट गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *