कारको ठक्करबाट घाइते बालकको मृत्यु

समाचार

काठमाडौं, १४ चैत । मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको हो।

साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भिर घाइते भएका बानियाँलाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा सोमबार राति  मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो। बालक बानियाँलाई ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *