ललितपुर प्रहरीद्धारा जुवाडेबाट ३३ लाख बढी रकम बरामद

समाचार

ललितपुर, ३० कार्तिक । ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

 

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

 

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

 

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *