बारा, भदौ २८। भारत घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका तीन बालबालिका एकैपटक बेपत्ता भएपछि प्रहरीले खोजीमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीका अनुसार २०८३ भदौ २८ गते बिहान करिब ५ बजे ५ वर्षीय धिरज पासवान, ७ वर्षीया सुन्दरी पासवान र १० वर्षीया काजल पासवान घरबाट हराएका हुन्। परिवारले खोजी गर्दा समेत उनीहरूको अवस्था पत्ता नलागेपछि प्रहरीलाई जानकारी गराइएको हो।
हराएका बालबालिकाको हुलिया यसप्रकार छः
- धिरज पासवान, ५ वर्ष: गहुँगोरो वर्ण, कालो र ठूलो कपाल। खैरो रङको जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए। चप्पल लगाएका थिएनन्।
- सुन्दरी पासवान, ७ वर्ष: गहुँगोरो वर्ण, कालो कपाल। सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्।
- काजल पासवान, १० वर्ष: गहुँगोरो वर्ण, कालो कपाल। सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी थिइन्।
प्रहरीले बालबालिकाको खोजी तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई सक्रिय हुन आग्रह गरेको छ। उनीहरूलाई कहींकतै देखेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा तत्काल जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
सम्पर्क नम्बर:
📞 जिल्ला प्रहरी कार्यालय बारा: ९८५५०४८१०१ / ९८५५०४५१०१
प्रहरीले बालबालिकाको अवस्थाबारे जानकारी हुने जोसुकैले ढिला नगरी प्रहरीलाई सूचना दिन आग्रह गरेको छ।
