बीरगंज, २४ चैत । मुस्लिमहरुको पवित्र महिना रमजानको अवसरमा वीरगन्ज महानगरपालिकाले आयोजना गरेको दावत-ए-इफतार समारोह सम्पन्न भएको छ ।
आपसी भाईचारा कायम राख्न हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रममा महानगरको ३२ वटै वडाका करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी रहेको थियो ।
शुक्रबार साँझ बीरगंज स्थित रहेको पुरानो बस पार्कमा आयोजना गरिएको सन्युक्त इफतारी कार्यक्रममा सहभागी मुस्लिम धर्मावलम्बीहरुको लागि महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान को ब्यवस्था गरि रोजेदारहरु लाई रोजा खोलाएको थियो।
सो अवसरमा वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र उप प्रमुख इम्तियाज आलमले मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे का थिए, भने एक अर्काका धर्म र पर्व प्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न अनुरोध समेत गरेका थिए ।
महानगरका प्रमुख सिंह र उप प्रमुख आलमले रोजेदारहरुसंग भेटघाट गर्दै पबित्र महिना रमजान र आउने ईद- उल – फित्रको शुभकामना अदान- प्रदान गरेका थिए ।
मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले गत वर्षदेखि रमजानमा संयुक्त इफतारी समारोह आयोजना गर्दै आएको छ । उप प्रमुख इम्तियाज आलमले यसलाई आगामी बर्षपनि निरन्तरता दिने बताएका छन् ।
इफ्तारी समारोहमा महानगरका प्रमुख राजेशमान सिंह उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, विभिन्न वडाका वडाध्यक्षहरु, अन्य धर्मका अगुवा, महानगरपालिकाका कर्मचारी लगायत स्थानीयका उल्लेखनीय सहभागिता रहेको थियो ।