बारा,८ बैशाख।
सशस्त्र प्रहरी बल बाराले लागु औषध चरेश बरामद गरेको छ।
बैशाख ७ गते राति ९:३०बजेको समयमा बाराको बिश्रामपुर गा.पा.-२ कान्तिपुर स्थित एकजना व्यक्तिले मोटरसाइकलमा अबैध रुपमा नेपाल बाट भारततर्फ लैजादै गरेको अबस्थामा लागु औषध चरेश जस्तो देखिने ४९० ग्राम कालो पदार्थलाई सशस्त्र प्रहरी बि.ओ.पि बरैनिया मातहत एफ.ओ.बि छतवाले बरामद गरेको छ।
एफ.ओ.बि छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको कमाण्डमा खटिएको पैदल गस्ति टोलीलाई देख्न साथ सामान सोही स्थानमा फाली व्यक्तिले मोटरसाइकल लिई फरार भएको हुँदा उक्त सामान बरामद गरी बि.ओ.पी. बरैनियामा ल्याई नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको बरैनियाको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिए।
