बिरगंज ,८ बैशाख।
बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
बैशाख ५ गते रातीमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डमा ना.३ ख ३३२४ नम्बरको ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
५८ लाख ४१ हजार ७ सय १४ रुपैयाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको सो ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८१।०१।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।
