एसपी सन्तोष बस्नेतले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड, मेयरद्वारा स्वागत

बिदेश राजनीति समाचार

रौतहट ,२८ माघ ।सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।

एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्हालेका हुन्।

सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले। २०६० सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए।

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरी सरुवा भएको थियो।

यसैबीच, एसपी सन्तोष बस्नेतलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले सम्मानसहित स्वागत गरेकी छिन्।

सोमबार मेयर साह सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गौर पुगेर एसपी बस्नेतलाई खादा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताको अग्रिम शभकामना दिएकी छिन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *