बारामा रूखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु

समाचार

बारा,१८ कार्तिक  । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रूखबाट लडेर एक ६४ वर्षीय वृद्धको मृत्यु भएको छ।

मिति २०८३ साल कार्तिक १८ गते बिहान करिब ८:१० बजे औराहा निवासी ६४ वर्षीय ज्ञानबहादुर थिङ आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रूखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए।

रूखबाट लडेपछि उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८:४९ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी औराहाबाट प्रहरी हवल्दार निरञ्जन प्रसाद कुर्मीको कमान्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमान्डमा SOCO सहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले बिहान ९:३७ बजे घटनास्थल मुचुल्का तयार गरेपछि मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *