मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा आवश्यक निर्देशन ।

समाचार

रसीद आलम,बिरगंज , २८ बैशाख ।

मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि.(डिआईजी)जनक भट्टराईले आज जिल्ला प्रहरी  कार्यालय पर्साको निरीक्षणमा पर्सा  प्रहरी प्रमुख लगायत जिल्ला प्रहरी कार्यालय पर्साका सम्पुर्ण प्रहरी युनिट ईन्चार्जहरुको उपस्थितिमा वर्तमान राजनैतिक अवस्था, अपराध अनुसन्धान, लागु औषध नियन्त्रण, भन्सार चोरी, निकासी, अवैध उत्खनन् लगायत शान्ति सुरक्षा सम्वन्धी सम-सामायिक विषयवस्तुमा आवश्यक निर्देशन दिएका छन् ।

डिआईजी भट्टराईले तस्करी नियन्त्रण ,समाजिक शान्ति  सुरक्षा ,अपराध नियन्त्रण तथा राजस्व छलि् जस्ता अबैध अपराधीक क्रियाकलापलाई प्राथमिकताका साथ हर हालमा नियन्त्रण गर्नुपर्दछ भन्ने निर्देशन पर्सा प्रहरीलाई दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गर्ने क्रममा  भवनको अवस्था सुबिधा ,हातहतियारको अवस्था ,सन्चार शाखा तथा अपराध अनुसंधान शाखाको अवस्था ,सुरक्षा सामाग्रीहरु ब्यवस्थापन लगायत अन्य आवश्यक पर्ने सामाग्रीहरुको निरीक्षण डिआईजी भट्टराईले गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *