दुर्गा क्यारियरमा छापामारी गरि ५० लाखको विभिन्न समान सशस्त्र प्रहरी पर्साद्वारा पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,८ बैशाख।

सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले ५० लाख बराबरको भन्सार छलिएका कपडा, काजु, ग्यास चुलो र ब्रेड क्रम्स लगायत विभिन्न सामान नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको आधारमा पर्साको बिरगंज महानगरपालिका -१० आदर्शनगर स्थित दुर्गा क्यारियरमा छापामारी गरि सो परिमाणको अबैध समान शनिबार पक्राउ गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलि र बिरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले दुर्गा क्यारियरको ढोका खोली हेर्दा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई गोदाममा भणडारन गरि राखेको ५० लाख बराबरको सो समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *