आजदेखि काठमाडौँ महानगरपालिका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

समाचार

काठमाडौं ,२७ मंसिर । काठमाडौँ महानगरपालिकामा बुधबारदेखि सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ ।

दुई साताअघि १२ मंसिरमै सार्वजनिक सूचना निकालेर २७ मंसिर बुधबारदेखि महानगरको ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध हुने जानकारी गराइएको थियो । बुधबारदेखि  महानगरभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध भएको छ ।

 

कसैले अटेर गरी बिक्री वितरण गरेकोमा सुर्तीजन्य पदार्थको जफत गरी कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *