बारा:कारमा राखिएको २६ किलो चरेश-गाँजा सहित २ जना पक्राउ।

समाचार

रसीद आलम,बारा,२७ मंसिर ।

बारा प्रहरीले लुकाई छिपाई कारमा राखिएको २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मंसिर २५ गते ९:३० बजेको समयमा हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेक पोष्ट बाट बा. १४ च ३७०८ नम्बरको मारूती सुजुकी कार चेक जाँच नगराई फरार भएको भनि जिल्ला प्रहरी  कार्यालय बारामा सुचना प्राप्त भएको आधारमा बारा प्रहरी तथा मकवानपुर प्रहरीले सन्युक्त खोज तलासको लागी खटिएको बिशेष प्रहरी टोलीले उक्त गाडीलाई बाराको जितपुर सिमरा उपमहानगपालिका वडा नं.२२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको थियो।
गाडीलाई चेकजाँच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश/गांजा बरामद गरी गाडीमा सवार २ जना मानिस सहित गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा कार चालक जिल्ला चितवन साविक मेघौली गा.वि.स. वडा नं. ६ हाल परिवर्तित भरतपुर म.न.पा.वडा नं. २७ बस्ने बर्ष ४२ को रोशन बहादुर दमई र
कारमा सवार चितवन माडी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को देव नारायण महतो रहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताए ।

उक्त सम्बन्धमा थप अनुसान्धान भईरहेको डिएसपी न्यौपानेले जानकारी गराएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *