बिरगंज,२७ मंसिर ।
भारतीय सिमानाकाबाट तस्करहरुले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका अबैध सामानहरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
मंसिर २५ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामानहरु वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थितबाट बरामद गरेको छ।
बरामद गरेको सामनहरुमा मोबाइल कभर-८५० पिस, चिनी-१९० के.जी.,मैदा-३० के.जी.,टावेल-२९ पिस,टेण्टको कपडा-१३५० मिटर,बच्चाको जुता-४१ जोर,जुत्ता-१७ जोर, लागू औषध ट्रामडोल औषधी-२४०० पत्ता,मोटर-३० के.जी.,स्वीटर-१० पिस,लक्स साबुन-१५५ पिस र राजनिवास-३ के.जी. रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सामानहरुको रू.२ लाख ८९ हजार ४ सय ९० बराबरको मूल्याकंन गरि आवश्यक कारवाहीको लागि मंसिर २६ गते वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।