बारा,२७ मंसिर
सिम्रौनगढ नगरपालिकाको कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर झडप भएको छ।
बारा प्रहरीको प्रेस बिज्ञयप्ती अनुसार बुधबार दिउँसो २ बजेको समयमा सिम्रौनगढ नगरपालिका स्थित नगरपालिकाको कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर प्रतिपक्षी समूह तथा अनशनमा बसेका व्यक्तिहरुले एक्कासी ढुङ्गा मुढा गरी नगरपालिकाको गाडी तथा नगरपालिकाको भवनमा तोडफोड गरेका छन् ।
सो स्थितीलाई नियन्त्रणमा लिने क्रममा बारा प्रहरीका सुरक्षाकर्मीले अश्रु ग्यास तथा हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीद्वारा प्रहार गरिएको अश्रु ग्यास तथा हवाई फायरमा परी एक जना स्थानीय घाईते भएको तथा निजको नारायणी अस्पतालमा उपचारमा भईरहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन् ।
नारायणी अस्पताल बिरगंजमा उपचाररत घाइते सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा वर्ष २५ को लक्ष्मी मुखियाको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
ढुङ्गा मुढाबाट १० जना प्रहरी कर्मचारी पनि घाईते भएको र अहिले सो ठाउँको स्थिती समान्य तथा नियन्त्रणमा रहेको डिएसपी न्यौपानेले बताए।