ठोरी गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा।

समाचार

 

पर्सा , ६ माघ

पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *