रसीद आलम,बारा, १८ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको टोलीले चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१०, नितनपुरका २४ वर्षीय सुनिल महतोलाई पक्राउ गरिएको हो।
बाराका जिल्ला अदालतबाट चोरी मुद्दामा एक महिना १५ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकिएको महतो बरदातपछि फरार रहेका थिए। उनी लुकीछिपी बसेको अवस्थामा फेला परेपछि प्रहरी टोलीले नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
