सुदूरपश्चिममा नेपाली सेना र सशस्त्र प्रहरीबीच सुरक्षा समन्वयबारे अन्तरक्रिया

समाचार

धनगढी,२६ असार । सुदूरपश्चिमस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा नेपाली सेना हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरूको आन्तरिक अध्ययन भ्रमण (Internal Study Tour–IST) अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अन्तरक्रिया कार्यक्रममा सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व अभिवृद्धिमा देखिएका चुनौती तथा तिनको समाधानका लागि भइरहेका प्रयास, साथै सुरक्षा निकायहरूबीचको समन्वय र सहकार्यका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा सहभागी अधिकृतहरूबीच राष्ट्रिय सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने उपाय, अन्तर–निकाय समन्वयको आवश्यकता तथा विपद् तथा सीमा व्यवस्थापनमा संयुक्त कार्ययोजनाको महत्त्वबारे समेत विचार आदानप्रदान भएको थियो।

उक्त कार्यक्रममा नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले सुरक्षा निकायहरूबीच अनुभव आदानप्रदान, आपसी समझदारी अभिवृद्धि तथा भावी समन्वयलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *